Wednesday 10th December 2025

पैसा लिएर विदेश पठाउन नसकेपछि आठमहिने छोरीसहित दम्पतीले गर्‍यो आत्महत्या


तितोपाटी- आठ महिनाकी छोरीसहित झापामा एक दम्पतीको शव घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। कनकाई नगरपालिका–१ मा आठमहिने छोरीसहित ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

रविन म्यान पावर एजेन्ट हुन्। थापाले भने, ‘विदेश पठाइदिन्छु भनेर उनले धेरै जनासँग पैसा लिएका रहेछन्। तर विदेश पठाउन नसक्दा उनी तनावमा थिए भन्ने जानकारी आएको छ।’ स्थानीय बासिन्दाले तीनै जनाले आत्महत्या गरेको जनाएका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। थापाले भने, ‘स्थानीयले आत्महत्या भनेका छन्। शिशुसहित तीनै जनाको मृत्युका सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौं।’

कन्काई नगरपालिका प्रमुख पोखरेलले  भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए। ‘भित्रबाट चुकुल लगाएको अवस्थामा शव फेला परेको छ। कुन समयमा मृत्यु भएको हो थाहा छैन ‘, उनले भने।

मोरङ घर बताउने एक समूहले पैसा उठाइदिन आग्रह गरेर फर्किएपछि उनले आत्महत्या गरेको बुझिएको छ। ‘विदेश उड्नकै लागि उनी काठमाडौं पनि पुगे। पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएपछि रविन विदेश उड्न पाएनन्। अनि झापा फर्किएपछि ऋण कसरी तिर्ने भन्ने चिन्तामा थिए’, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने। उनका अनुसार काठमाडौंबाट झापा फर्किएपछि कि विदेश पठाइदिन कि पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए।
कन्काई नगरपालिका प्रमुख पोखरेलले भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए। ‘भित्रबाट चुकुल लगाएको अवस्थामा शव फेला परेको छ। कुन समयमा मृत्यु भएको हो थाहा छैन ‘, उनले भने।

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गर्नुको कारण अर्काले लिएको पैसा तिर्न नसक्दा उत्पन्न तनाव रहेको हुन सक्ने जनाएको छ। रविन पनि विदेश जान भनेर केही समयअघि काठमाडाैं पुगेका थिए। तर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनी जान पाएका थिएनन्। झापा फर्केपछि उनलाई धेरैतिरबाट पैसा तिर्न दबाब आइरहेको भन्ने जानकारी स्थानीयले दिएका छन्।

नेपालसमयबाट


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...