Thursday 26th February 2026

नेपाल लगायतका मुलु्कबाट सिधा उडान संचालन गर्ने कुवेत सरकारको निर्णय


तीतोपाटी – कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको  मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार प्रकाशित भएका छन् ।

कुवेतबाट प्रकाशित हुने अखबार अलकवासमा प्रकाशित समाचारका अनुसार कुवेत सरकारले इजिप्ट, नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट व्यावसायिक उडान गर्ने निर्णय गरेको जनाइए पनि कुन मिति देखि उडान शुरू गर्ने जनाइएको छैन । कोभिड-१९ को सुरक्षा मापदण्ड पुरा गरेर उपरोक्त देशहरूबाट सिधा उडान भर्ने जनाइएको छ ।

यस अघि यहि अगष्ट एकबाट अन्तर्राष्ट्रिय रूपमा उडान शुरू गरेको कुवेतले नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका लगायतका देशमा कोरोनाको जोखिम उच्च रहेको भनि यि देशहरूलाइ रेडजोनको रूपमा राखि ति देशबाट कुवेत अाउनु पर्ने यात्रुहरूले कुवेतले ग्रीनजोनको रूपमा मान्यता दिएका तेश्रो मुलुकमा २ हप्ते क्वारेन्टिन बसेर मात्रै कुवेत छिर्न पाउने बताएको थियो ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...