Monday 23rd February 2026

मृगौला पिडित जयरामलाई मोरङ सुनसरी सेवा समाज कुवेतको आर्थिक सहयोग


तितोपाटी- विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमा पुगेर हस्तान्तरण गरेका छन। सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्ष बिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार र निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको र ऋणपानको लागि पनि अब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् । थप्दै उनले भनिन “मेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,।” उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन।देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया उनकी श्रीमति गंगालाई मोवाइल नम्बर९८६४२५५४५१ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सिधै कृषि विकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्न सक्नुहुनेछ।


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...