Thursday 26th February 2026

नेपालमा सुकुम्बासी होइन, बेरोजगार समस्या ठूलो हो


डा. अम्बरिश पोख्रेल- नेपालमा जग्गा विहिन अर्थात् वास्तविक सुकुम्बासीहरुको संख्या ठूलो छैन । सरकारले चाहेमा केहि महिनामा देशभरिका प्रत्येक जिल्लामा अवस्थित सुकुम्बासीलाई चुटकिको भरमा जग्गा हात हातमा दिन सकिन्छ ।

अझ १५ देखि २० लाख सुकुम्बासीको कथित तथ्याङ्क देखाउनु भनेको विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ताको नामावली संकलन गरिएको कुरामा कुनै शंका छैन । गहिरिएर केही नामावली हेरियो भने प्रस्ट देखिन्छ । इतिहासले यही देखाएको थियो ।

तर कम्तीमा पनि विगत तीस वर्ष देखि, कुनै पनि सरकारले यो काम फत्ते गरेनन् । गर्न चाहँदैनन् । तर सुकुम्बासीको नाममा राजनीति देखि चुनावी तिग्दम्बाजी चाहिँ गरी राख्नेछन् । यसको नाममा अहिलेसम्म ढुकुटीबाट करोड होइन अर्ब रुपैयाँ झ्याम पारिसके ठूला दलका पार्टी कार्यकर्ताहरूले । यो क्रम चलिरहने छ । अहिलेको विवाद यही हो ।

जमाना फेरियो अब । जहाँ रोजगारी छ, त्यहाँको बसाई मात्र सुखद अनुभव हुने गर्छ । जस्तै कुनै शहरमा रोजगारी गर्नेलाई, पहाडको कुनै खोला किनारको बगरको घडेरीको कुनै अर्थ रहँदैन । त्यसैले उनीहरूले त्यो जग्गा प्राप्त गर्नको निम्ति लागिपरेका पनि हुँदैनन् र तिनीहरूले पाउने गरेका पनि छैनन । जग्गा हात पार्ने भनेको स्थानीय रूपमा रहेका विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ता वा तिनीहरूका आफन्तहरूले नै हो, जो सुकुम्बासी होइनन् ।

त्यसैले नेपाल सरकार, सुकुम्बासीलाई जग्गा वितरणको रडाको निकाली राख्नु भन्दा पनि, रोजगारी सृजना हुने उद्योगको विकास तीर बातावरण तयार गर । देशी विदेशी लगानी कर्ताको खोजी गर । त्यो अनुसारको नीति नियमको ब्यबस्था गर ।

बार्षिक दशौं हजार देखि एक लाख रोजगारी सृजना हुने राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीलाई नेपालमा आमन्त्रण गर । यो नैं सही समाधान तथा गतिशील नीति हुन् जान्छ । समृद्धि यताबाट आउँछ ।

सारा संसार, अा_आफ्नो देशमा रोजगारीको व्यवस्था के कसरी गर्न सकिन्छ भनेर आहोरात्र लागि रहेको कुरा तिमीहरूका आँखाले देख्ने र कानले सुन्ने गर्दैनौ ? कहिलेसम्म अन्धा र बहिरा भएको नाटक गरिरहन्छौं शासकहरू ?

खासमा नेपालमा रोजगारी सृजना गर्न र गराउन नदिने प्रमुख बाधक नेपालका सरकारहरू नै हुन् । सरकारका अधिकारीहरू तथा पदाधिकारीरुको गलत नीति तथा नियत हेरियो भने यही कुरा प्रस्ट देखिन्छ । आगे तिमीहरू कै मर्जी । पहुंच रहँदासम्म, देश तबाह बनाउँदै राख्नु ।
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...