Tuesday 10th March 2026

बिहीबारदेखि नेपालीलाई यूएई आगमन खुला : कस्ता व्यक्तिहरु आउन सक्छन्


तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्नेछन्।

यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरू हकमा यो नियम लागु हुने छैन। जसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन्। अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् ।

को को आउन पाउने ?

१) रेसिडेन्स भिसा बाहक

२) यूएईमा नै दुई डोज खोप लगाएको मात्र

३) सरकारी निकाय, अस्पताल, स्कूलमा कार्यरत र विद्यार्थी अनि विशेष मानवीय परिस्थितिमा खोप नलगाए पनि आउन पाउने ।

को को आउन नपाउने ?

१) नयाँ कामदार, भिजिट भिसा ( रेसिडेन्स भिसा नभएको)

२) नेपालमा दुई डोज खोप लगाए पनि आउन नपाइने

कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण यूएई सरकारले नेपाल,भारत लगायत विभिन्न छ देश श्रीलङ्का, पाकिस्तान दुई अफ्रिकी मुलुक नाइजेरिया र युगान्डाका यात्रुमाथि मे महिनाको पहिलो हप्ता देखि आगमनमा रोक लगाएको थियो । गत मंगलबार यूएईको राष्ट्रिय आपत्कालीन सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले यूएईको आवासीय वैद्य भिसा भएका नागरिकहरूलाई खोपको मात्रा पुरा गरी प्रवेश अनुमति दिएको हो।

अन्य विशिष्ट गैर नागरिकको हकमा खोपको मात्रा पुरा नभए पनि यूएई प्रवेश पाउने भएका छन्। तर उनीहरूले अन्य प्रक्रिया भने पुरा गर्नु पर्नेछ। विशिष्ट व्यक्तिहरू यूएईमा काम गर्ने सरकारी कर्मचारी, शिक्षक, नर्स, चिकित्सक,यूएईमा उपचारको गराइ रहेका बिरामी र विशेष मानवीय कामको लागि यूएई आउनु पर्ने व्यक्तिलाई बिना खोप प्रवेश दिइने भएको छ। तर उनीहरूको यूएईको आवासीय भ्यालिड भिसा हुनु पर्ने छ।

यूएईको राष्ट्रिय आपत्कालीन सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवासीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् । उनीहरूले कोभिडविरुद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनु पर्ने जनाएको छ।

यूएई आउँदा यात्रुले अनिवार्य रूपमा federal authority for identity and citizenship (आईसिए) बाट यूएई प्रवेशको लागि अनुमति लिनुपर्छ। यात्रुले बढीमा ४८ घण्टाको पिसिआर रिपोर्ट साथै नेपाल विमानस्थलमा –यापिड टेष्ट गरेको हुनु पर्नेछ भने यूएई अवतरण भई सकेपछि विमानस्थलमा नै पिसिआर गरी आवश्यकता अनुसार क्वारेन्टीन लगायत अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गर्नु पर्छ।

यता अबुधाबीस्थित नेपाली दूतावासले यूएई आउने तयारीमा बसेका तथा यूएईमै रहेका नेपालीलाई कोभिड–१९ खोपको प्रमाणपत्र लिएर मात्र यात्रा गर्ने अनुरोध गरेको छ। दूतावासले गत आइतबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोडसहित खोप लगाएको प्रमाणपत्र लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गरिएको छ ।

दूतावासले नेपालमा नयाँ राहदानी बनाउन गएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लगाई र क्यूआर कोड लिन समेत सबैमा अनुरोध गरिएको छ।

यूएईले प्रतिबन्ध लम्ब्याउँदै गएपछि केही नेपाली श्रमिकहरू तेस्रो मुलुकलाई ट्रान्जिट बनाइ यूएई फर्किन थालेका थिए। उनीहरूले अजरबैजानलाई नयाँ ट्रान्जिट सेन्टर बनाउँदै यूएई प्रवेश गरेका थिए । यसका लागि नेपालमा ट्राभल एजेन्सीहरूले साढे २ लाखदेखि ४ लाखसम्म लिने गरेको यात्रामा संलग्न नेपाली श्रमिकहरूले बताए।
साभार-बिनोद श्रेष्ठ-रातोपाटीबाट

प्रक्रियासहित दूतावासको पत्र:-

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...