Tuesday 20th January 2026

पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग


तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोष”का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजवाल लगाएतको उपस्थितिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका निबर्तमान अध्यक्ष हरि कृष्ण न्यौपाने,निबर्तमान कोषाध्यक्ष प्रदिप नेपाली तथा प्रवासी नेपाली पत्रकार सन्जालका दामोदर नेपालले उक्त सहयोग रकम महासंघको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरेका थिए।

साउन १२,२०७८(जुलाई २३,२०२१)सोमबारका दिन उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त सहयोग हस्तान्तरण पछी महासचिब रोशन पुरीले बिदेशको ठाउँमा पसिना बगाउदै नेपाली समाजका लागि पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पत्रकारहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद दिदै कोभिड राहत कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा सदुपयोग गरिने बताए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...