Thursday 19th March 2026

बदर अल समा मेडिकल सेन्टरले HEALTH & WELLNESS LOUNGE सेवाको शुभारम्भ गर्यो


तीतोपाटी – कुवेतमा अत्याधुनिक उपकरणका साथ उच्चस्तरीय स्वास्थ्य सेवा दिंदै आएको बदर अल मेडिकल सेन्टर फरवानियाले HEALTH & WELLNESS LOUNGE (स्वास्थ्य तथा स्वास्थ्य लाैन्ज) सेवाको शुभारम्भ गरेको छ । हिँजो २२ जुलाइ २०२१ को दिन शुभारम्भ गरिएको उक्त सेवाको कुवेत सरकारको सिभिल आईडी विभागका सुपरिटेन्डेन्ट एच एच मेशारी घनिम साद अलगनिम र ईशबिलिया पुलिस स्टेशनका अधिकारी हुसेन अज्लानले उक्त सुविधाको उद्घाटन गरेका हुन् ।

नयाँ सेवाको उद्घाटन कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका  शाखा प्रबन्धक, श्री अब्दुल रजाक,  प्रोमोटर श्री अशरफ अय्यर,  मेडिकल निर्देशक डा. जस्टिन स्टीफन, व्यवस्थापन सदस्य र बद्र अल साम मेडिकल सेन्टरका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

स्वास्थ्य र स्वास्थ्य लन्जी सबै प्रकारका स्वास्थ्य प्याकेजहरू जस्तै पूर्ण शरीर, कार्डियो, प्रोस्ट्रेट, किडनी, उच्च रक्तचाप र मधुमेह प्याकेजहरूका साथै  प्रयोगशाला, रेडियोलोजी र नमूना संकलन केन्द्र लगायतका सबै सेवाहरू एकै स्थानबाट उपलब्ध हुने सेवा हो ।
यो महत्वपूर्ण सुविधाको कारण प्रयोगशालाको रिपोर्ट संकलन, परामर्श र डाक्टरहरूको परामर्श तथा विशेषज्ञ टोलीद्वारा थप मूल्यांकन लगायतका सेवाहरू एकै स्थानबाट प्राप्त हुन गइ समयको वचत तथा अार्थिक भार समेत कम पर्न जान्छ ।

बदर अल समा मेडिकल सेन्टरले नयाँ सेवाको शुरूवात गरेकोमा उद्घाटन समारोह पछि सारगर्भित मन्तव्य दिंदै बोर्डका निर्देशक श्री मोहम्मद पीए, डा. वीटी विनोद, श्री अब्दुल लाटेफ र डा शरथचन्द्र समूहका सीईओले धन्यवाद ज्ञापन गर्दै टोलीलाई बधाई दिएका थिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...