Monday 13th October 2025

मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुलाई आर्थिक सहयोग


हरी कृष्ण न्यौपाने(सिन्धुपाल्चोक)साउन-७-तीतोपाटी डटकम-सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट असार १ गते मेलम्ची नदीमा आएको बाढीबाट पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

हेलम्बु गाउँपलिका वार्ड नं-४ का १४ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं-६का ९ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं-१० का १९ परिवार,पाँच पोखरी गाउँपालिका वार्ड नं-२ का १५ परिवारलाई प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग गरिएको हो।मेलम्ची वार्ड नं-१० मा भने प्रभाबितको संख्या पहिले उपलब्ध गराइएको भन्दा बढी भए पछी प्रती परिवार ४ हजारको दरले आर्थिक सहयोग गरिएको हो। त्यसै गरी भौतिक संरच्नना र बजार सुरक्षित बनाउनका लागि मेलम्ची भ्याली क्याम्पसका लागि ४० हजार र मेलम्ची बजार पुनर्निर्माण सरोकार समितीका लागि ५० हजार नगद सहयोग गरिएको थियो।

त्यसै गरी सिन्धुपाल्चोक समाज–दक्षिण कोरियाले बाढी-पहिरोका कारण मृत्‍यु भएका मृतकका १४ परिवारहरुलाई यस अघीनै प्रती परिवार १० हजार नगद सहयोग गराएकोमा छुट्नु भएका पाँचपोखरी-२का मृतक ठकुरी स्याङ्बो र जुगल गाउपालिकाका मृतकहरु गीता थापा अनी सुदिप थापा (आमा-छोरा)का परिवारलाई पनि प्रती परिवार १० हजारका दरले नगद सहयोग हस्तान्तरण गरिएको छ।

यस अघी पनि बाढीबाट प्रभाबित हेलम्बु वडा नं. १ का २३, वडा नं २ का ४३, वडा नं. ३ का २६ र वडा नं ६ का ९ परिवारलाई प्रती परिवारका पाँच हजारका दरले सहयोग गरिएको थियो।तेर्स्रे माबी-तालामाराङलाई ४० हजार,ईस्ट पोईन्ट एकेडेमी-ग्याल्थुङलाई ९० हजार,सरस्वती माबी-ग्याल्थुङलाई ४० हजार तथा उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार यस अघीनै सहयोग गरिएको थियो।

सहयोग हस्तान्तरणका लागि हेलम्बुका स्थानिय सामाजिक ब्यक्तित्वहरु कुमारप्रसाद लामिछाने,सोम तामाङ,रेडियो मेलम्चीका अध्यक्ष डम्बर रशिक भारती,बार्हबिसे- जुरेका सामाजिक ब्यक्तित्व प्रदिप पौडेल, यूएई प्रतिनिधि हरी दुलाल र कुवेत प्रतीनिधी हरी कृष्ण न्यौपानेले सहजिकरण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...