Wednesday 18th March 2026

बक्र इदको चटारो, कोरोनाको झटारो


नारायण कोइराला –  “ल साथी हो बक्र इद सुरु भयो अब रमाइलो सँग घुमफिर गर्नुपर्छ । मुस्लिम साथीभाइहरू सँग रमाइलो गर्नुपर्छ भन्ने समय हो यो  तर अहिले यो अवस्था रहेन।” कोरोना सुरु हुनुभन्दा पहिला कस्तो रमाइलो हुन्थ्यो । बिदा सुरु भए देखि नै तयारी सुरु हुन्थ्यो । गल्ली गल्लीमा होहल्ला हुने गर्थ्यो । कस्तो थियो, त्यो दिन।

प्रत्येक गल्लीमा बोकादेखि गोरूसम्म बाँधेर राखिएको अवस्था हुन्थियो । जो बक्र इदमा कुर्वानी गरिन्छ। यो मुस्लिम धर्मको आस्था पनि हो आफ्नो धर्म संस्कार अनुसार रमाइलो गरेको देख्न पाइन्थ्यो । रौनक नै अर्कै थियो । बजार भरी मानिसको भिडभाड कस्तो रमाइलो देखिन्थ्यो । पार्कहरुमा गाला मिलाउँदै साथीभाईहरुको त्यो मिलन, “आहा ! कस्तो राम्रो देखिन्थ्यो । “अब अहिलेकै अवस्थामा यो सम्भव छैन । भिडभाड त सम्भव नै छैन। कतिपय ठाउँमा त कर्फु नै लगाउने समाचार आएका पनि छ्न । नियम कानुन मान्नु पर्ने अवस्था छ । शरीर छ त सबथोक छ।

यसपाली इदमा सुरक्षा व्यवस्था कडा भयको हुँदा इद घर, घरमै बसेर मनाउनु पर्ने छ । अरुले दिएको सुरक्षा भन्दा पनि आफ्नै सुरक्षा आफैं गर्नुपर्ने अवस्था छ । डर त्रास बीचको यो पर्वमा आफैलाई सुरक्षित राख्नु पनि चुनौती नै देखिन्छ । विकल्प उही हो,”आफ्नै कोठामा बस्ने प्रविधिको प्रयोग गर्ने । त्यसैमा खुसी बाड्ने । दुवा लिने दिने ।”

यसपाली इदमा कोरोनाले झटारो हानेका हुँदा घरमै बसौ कोठामा रमाइलो गरौं । हामीलाई झटारो हान्ने कोरोनाबाट बचौ । सबै देश विदेशमा रहनुहुने साथीभाइलाई बक्र इद मुबारक । हेप्पी इद।

 

– तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...