Saturday 31st January 2026

प्रतिमा शिवाकोटीको “…दिल खोलेर आउ” बोलको गीत युटुबमार्फत सार्वजनिक


तीतोपाटी – गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको   “साँचो माया गर्छेउ भने दिल खोलेर आउ” बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो ।

लोकलयको युगल गीतको रूपमा रहेको उक्त गीतलाइ संगीतकार रामकृष्ण थापाले संगीत भरेका छन् भने  सुमधुर स्वरका धनी एवं चर्चित रामकुमार नेपाली र नवगायिका रचना रिमालले स्वर भरेका छन् ।

वेभ स्टुटियोका समिर कार्कीको रेकर्डिङ र नरेन्द्र वियोगीको मिक्सिङ रहेको उक्त गीतमा दुइ प्रेमी प्रेमिका बिचका प्रेमालापका अारोह अवरोहलाइ शक्दमा उतारिएको छ भने गायक गायिकाले शब्द अनुसारको गीतलाइ न्याय दिएका छन् ।

गुरू भोटियाको क्यमेरा, बिष्णु खड्काको सम्पादन र गायक नेपालीकै निर्देशनमा तयार गरिएको उक्त गीतमा स्टुडियोको भिजुअल मात्रै प्रस्तुत गरिएको छ । उक्त गीतका लागि छुट्टै अभिनयकर्ता मोडलहरू नराखिए पनि रचनाकार स्वयं एवं गायक-गायिका र सिंगो सांगीतिक टिमलाइ मिलाएर स्टुडियोमा छायांकन गरिएको छ भने सर्जक शिवाकोटीले सबैले एक पटक पुरै म्यूजिक भिडियो हेरेर सुनेर सल्लाह, सुझाब र प्रतिकृया दिन तथा भिडियोलाइ लाइक तथा शेयर गरि सहयोग गरिदिन पनि सबै दर्शक, श्रोताहरूमा अनुरोध गरेकी छन् ।

म्यूजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोसः

 


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...