Tuesday 10th March 2026

मेलम्ची-हेलम्बु बाढी प्रभाबितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीहरुको सहयोग


हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो।

पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।वडा नं. १ का २३, वडा नं २ का ४३, वडा नं. ३ का २६ र वडा नं ६ का ९ परिवारलाई प्रती परिवारका पाँच हजारका दरले सहयोग गरिएको हो।

वडा नं १ का प्रभावितहरुलाई हेलम्बुको गणेश बगारमा एकै ठाउँमा बोलाएर शनिवार सहयोग हस्तान्तरण गरिएको हो भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ। वडा नं ३ का प्रभावितहरुका लागि प्रदान गर्न वडा सदस्य दमैसिं तामाङ र वडा नं-६(इचोक)का लागि वडा सदस्य सुबद्रा गजुरेललाई रकम हस्तान्तरण गरिएको छ।इस्ट पोइन्ट एकेडेमीका लागि प्रिन्सिपल दामोदर भारतीलाई शनिबारनै पचास हजार आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ भने हस्तान्तरण गर्न बाँकी केहि पिडित परिवारहरुलाई केहि दिन भित्रै प्रदान गरिनेछ।

आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु. पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज–दुवईबाट रु. एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज–कुवेतबाट रु. दुई लाख ४० हजार संकलन भएको थियो। पहिलो चरणमा प्रभाबित ३ वटा बिद्यालाय,चनौटे बजार बचाउ र मृत्‍यु भएका मृतकका परिवारहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको भने यो दोश्रो चरणको सहयोग हो।

सहयोग हस्तान्तरणका लागि हेलम्म्बुका स्थानिय ब्यक्तित्वहरु कुमारप्रसाद लामिछाने,पासाङ्ग दोर्जे ह्यल्मो, जय राम गजुरेल,रेडियो मेलम्चीका अध्यक्ष डम्बर रशिक भारती,सिन्धु पर्यटन ब्यबसायी संघका अध्यक्ष नारायण श्रेष्ठ, यूएई प्रतिनिधि हरी दुलाल,दक्षिण कोरिया प्रतीनिधी बिपिन(यादब) भण्डारी र कुवेत प्रतीनिधी हरी कृष्ण न्यौपानेले सहजिकरण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...