Sunday 29th September 2024

एनआरएनए अधिबेशन: ईतिहास रचाउने वा ईतिहासै मेटाउने


राज मल्ल- ईतिहास रचाउने वा ईतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै सिद्धान्त , योगदान र गतिविधि छन । समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मिलेर या मिलाएर ।मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर । पङतिकारले यति लेख्दा बुझिसक्नु भयोहोला सन्दर्भ के हो भनेर । हो त्यहि नै हो । जुन यहाले सोच्नु भएको छ ।

एनआरएनए नया नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको सस्था उपनाम पाएको नेपाल बाहिरका नेपालीहरुको साझा थलोले बिश्वका प्रायःजसो देशहरुमा हागा फिजाएको छ जहाँ नेपाली पुगेकाछन । त्यहि हागा मध्येको एनआरएनए एनसीसी कुवेत यहि महिना भित्रमा आगामी कार्यकालको तयारि गर्दैछ । नेतृत्व गर्न चाहानेहरु समाजमा जुर्मुराउन थालेकाछन । समाजमा गरेको योगदानको कदरको मुल्यांकन हुनुपर्ने माग सहित कोहि छन भने , योगदान दिन म पनि तयार छु भन्नेहरु पनि छन।गुटबन्दी बुज्न नसकिने गरि बनेका छन ।

बिर्सन लायक इतिहास रहेको एनसिसि कुवेतको वर्तमानमा कार्यसमितिको गतिविधिले भने केही अनुकरणीय कार्य सम्पादन गरेर सबैको मस्तिष्कमा अटाउनु सफल भयो । कोभिड -१९ को महामारीको जटिल परिस्थितिमा पनि कुवेतमा गैरकानुनी बन्न पुगेका नेपालीकोहरुको उद्दार , सक्दो राहत वितरण , समस्यामा परेकाहरुलाई सहजिकरण , केहि महिना पहिला नेपालको लागि अक्सिजन सहयोग अभियान । १० दिनमा १६ लाख ३१ हजार सहयोग संकलनमा कुवेतवासि सम्पूर्ण नेपालिहरुको अतुलनीय योगदान रहेको छ भने अभियानलाई पारदर्शी रुपमा सार्थक बनाउनुमा एनसीसी कुवेतको। समाजलाई पर्दा एक ढिक्का बनाउन सक्नु नै नेतृत्वको सबल पक्षहो । सायद साझा सहमतिमा बनेको कार्यसमिति भएको कारण सम्भव भएको हामी मान्न सक्छौ ।

नेपाली समाज कुवेतले के चाहान्छ र कस्तोलाई सहयोग गर्छ भन्ने सायद सबै आगामी कार्यकाल प्रत्याशिहरुलाई अबगत नै होला । तर बिगत देखि नै चुनावमा तातिने एनसिसिको अबस्थामा फेरिपनि दुरुस्तै छ। अझ बढि । सुरुमा लाग्दैथियो एनसीसीको सफल कार्य सम्पादनले नया पन्जिकृत सदस्यहरु थपिय ६ सय हाराहारी रहेकोमा जुन ३० भित्रमा २,१८७ जना पुगे । यो पहिलोपटक हो र सकारात्मक पाटो हो । बुज्दै जादा यो केवल चुनावी तयारीको लागि मात्रै रहेछ । कोरोनाद्वारा सिर्जित अवस्था र अनलाइन भोटिङको प्रावधानलाई एनआरएनएले अबलम्बन गरेको हुदा भोटको खेति गरिएको यथार्थ बाहिर आईसकेको छ । कति सदस्यहरुलाई थाहा छैन उनको आडि कुन प्रयोजनका लागि मागियो भनेर। किनकि प्रायःजसो पन्जिकृत सदस्यहरुको दस्तुर नेतृत्व गर्न चाहानेहरुले जिम्मा लिने सुन्नमा आएको छ । २ केडि शुल्क लाग्ने सदस्यहरुको जिम्मा लिदै चुनावी अभियानमा होमिएको देख्दा लाग्छ ” हो एनआरएनए धनिहरुकै सस्था हो ” ।

एनआरएनएले मध्यपूर्वलाई श्रमिकमैत्रि बनाउनु पर्छ भन्ने नारा लगाउदै गर्दा यहाको एनसीसी भने युरोप अमेरिकाको सिको गर्दै अगाडि बढेको छ । अहिले भोट किनेर नेतृत्वमा जानेले भोलि भोट नबेच्लान भन्न सकिन्न । यस्ता नेतृत्वका प्रत्याशितहरुबाट श्रमिकले के अपेक्षा गर्ने ? एनसिसि कुवेतको अर्को दुखद अभ्यास भनौ या रितिथिति वा कुरिति , यहां बिगतदेखि नै नेतृत्वमा जान चाहानेले केही त्तवको विकाश गरि आशिर्वाद थाप्ने र त्यहि तत्वले टीका लगाईदिए नेतृत्व पाउने प्रचलन छ। यस पटक पनि टीका र आशिर्वाद साइत सकाएर , साम,दाम दण्ड भेद सहित आफुले भने अनुासर नभए इतिहास बनाइदिने उर्दि सामाजिक सन्जालमा पोखिदैछ। आखिर यो कहिले सम्म ? ७५ भन्दा बढि सघ सस्थाहरु सक्षम छैन्न समाजलाई चाहिने नेतृत्व चुन्न ? चुनाबमा चुप बसेर पछि सत्वोशराव गर्नु भन्दा वेलैमा सचेत बनौ र सहि नेतृत्व चुनौ ।

मध्येपूर्वका एनसीसीहरुलाई भोट बैंकको रुपमा हेर्दै आफुलाई जिताउन कुवेत भ्रमण गरि मोटो रकम बोलकबोल गर्नेहरुले बोलेको के कति पुर्याए ? कि आश्वासन मात्र हो । हिसाब राखौ । आउदो नेतृत्वले समाजलाई अब नया स्वरुप लानुको विक्लप छैन । समय र परिस्थिति पनि सहज छैन । आप्रवासी नेपालिहरुका समस्याहरु बढ्दोक्रम मा छन । वैदेशिक रोजगारि पनि त्यति सहज छैन । प्रवासमा समस्याहरुको आहाल छ । क्रमिकरुपमा सहजिकरण तर्फ लाग्नुपर्छ । बिगतको चन्दा अभियानलाई बिस्तारै मेटाउदै नया तथा रचनात्मक र केहि सृजनात्मक कार्यहरुबाट आर्थिक अवस्थालाई बलियो बनाउन तर्थ कदम चाल्नु पर्छ । समाजलाई मिलाएर लान सकेमा मात्र समाजले सहयोग गर्छ यो बुज्न जरुरि छ। आशा गरौ आगामी नेतृत्वले नया इतिहास लेखोस्,इतिहास नबनोस् ।


सम्बन्धित शीर्षकहरु

लेबनानबाट करिब २५ मिनट दक्षिणको एक शहरका भव्य सात वटा भवन लाई आईडिएफ ले मैदानमा परिणत गरिदिए पछि थरीथरीका अडकलबाजीहरु…

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

प्रतिकृयाहरू
...