Thursday 19th March 2026

ओमानमा रहेका नेपालीलाई खोप लगाउन दुतावासको अनुरोध


तितोपाटी- ओमान स्थित नेपाली राजदूतावासले ओमानमा कोरोना संक्रमणदर बढदै गएको भन्दै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै संक्रमण झन् तीव्र गतिमा फैलिरहेको भन्दै ओमानमा रहेका नेपालीलाई सचेत हँुन अनुरोध गरेको हो ।

ओमानमा कोरोनाभाइरसको अनुगमन÷मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी १६ जुलाई देखि ३१ जुलाई सम्म कायम रहने गरी सन्ध्याकालीन-रात्रीकालीन लकडाउन (साँझ छ बजेदेखि बिहान ४ बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी गरेको समेत दूतावासले जानकारी गराएको छ ।
ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिडको संक्रमणदर बढ्दै गएको छ। नेपाली दूतावास, मस्कटले ओमानमा रहेका नेपालीहरुलाइ ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्न पनि अपिल गरेको छ ।
साथै कोभिड–१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत अनुरोध गरिएको छ । साथै ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले यहाँ हुनुहुने नेपालीहरूले आ–आफ्नो कम्पनी-स्पोन्सरमार्फत खोप लगाउन समेत अनुरोध गरेको छ । साथै नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा आठ दिन क्वारेन्टिन बस्नुपर्ने छ ।ओमानमा रहेका नेपालीहरूलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क गर्न दूतावासको अनुरोध छ । गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...