Friday 26th December 2025

ओमानमा रहेका नेपालीलाई खोप लगाउन दुतावासको अनुरोध


तितोपाटी- ओमान स्थित नेपाली राजदूतावासले ओमानमा कोरोना संक्रमणदर बढदै गएको भन्दै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै संक्रमण झन् तीव्र गतिमा फैलिरहेको भन्दै ओमानमा रहेका नेपालीलाई सचेत हँुन अनुरोध गरेको हो ।

ओमानमा कोरोनाभाइरसको अनुगमन÷मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी १६ जुलाई देखि ३१ जुलाई सम्म कायम रहने गरी सन्ध्याकालीन-रात्रीकालीन लकडाउन (साँझ छ बजेदेखि बिहान ४ बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी गरेको समेत दूतावासले जानकारी गराएको छ ।
ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिडको संक्रमणदर बढ्दै गएको छ। नेपाली दूतावास, मस्कटले ओमानमा रहेका नेपालीहरुलाइ ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्न पनि अपिल गरेको छ ।
साथै कोभिड–१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत अनुरोध गरिएको छ । साथै ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकाले यहाँ हुनुहुने नेपालीहरूले आ–आफ्नो कम्पनी-स्पोन्सरमार्फत खोप लगाउन समेत अनुरोध गरेको छ । साथै नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा आठ दिन क्वारेन्टिन बस्नुपर्ने छ ।ओमानमा रहेका नेपालीहरूलाई यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क गर्न दूतावासको अनुरोध छ । गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...