Monday 3rd August 2026

देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु


तीतोपाटी डटकम-२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८७ संक्रमित थपिएका छन् । सुनसरीमा ११८, कास्कीमा १०५, ललितपुरमा ८२, मोरङमा ६५, चितवनमा ६० र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्‍देहीमा ४७, नवलपरासी पूर्वमा ३९, काभ्रेपलाञ्चोकमा २९, झापा र मकवानपुरमा २८/२८ जना, पाल्पामा २३, नुवाकोटमा २२, स्याङजामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतमा १७, नवलपरासी पश्‍चिम र बर्दियामा १४/१४ जना, कैलालीमा १२ र बाँकेमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ४३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...