Friday 26th December 2025

कुवेतमा फेरी लकडाउन हुन सक्ने सम्भावना


तितोपाटी- पछिल्लो समय कुवेतमा कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि कुवेत सरकारले पुन लकडाउन सुरु गर्न सक्ने जनाएको छ।

देशमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्नु पर्ने कुवेतको केबिनेट बैठकमा सांसदद्वारा माग गरिएको छ भने स्वास्थ्य मन्त्रालयलाई आवश्यक सामग्री सहित प्रतिरोधात्मक क्षमताका लागि खोप अभियानहरू अझ तीव्र पार्न आग्रह गरेका छन।

कुवेतमा गत केहि दिनयता संक्रमित र मृतकको संख्या बढ्दै गएको र सोही क्रम जारी रहे स्थिति भयाबह हुने बताउदै पुन कर्फ्यु अर्थात् लकडाउन लगाउनू पर्ने कुवेत टाइम्सले लेखेको छ ।

उच्च-स्तरीय सरकारी स्रोतका अनुसार सम्पूर्ण नागरिकले यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने बताएका छन्। कोरोना खोप लगाएपछि पनि मास्क लगाउन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कसैले बिर्सन नहुने समेत सुझाव दिएका छन।

स्वास्थ्य मन्त्री डा. बासिल अल-सबाको आदेश र अनुगमन अन्तर्गत स्वास्थ्य अधिकारीहरूले अर्को बिहीबार एक विस्तृत प्रतिवेदन पेश गर्ने छन, जसमा देशको स्वास्थ्य स्थिति र प्रस्तावित समाधानहरुलाई हेरी आंशिक कर्फ्यू, वा लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने जनाएका छन।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...