Thursday 19th March 2026

कुवेतमा फेरी लकडाउन हुन सक्ने सम्भावना


तितोपाटी- पछिल्लो समय कुवेतमा कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि कुवेत सरकारले पुन लकडाउन सुरु गर्न सक्ने जनाएको छ।

देशमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्नु पर्ने कुवेतको केबिनेट बैठकमा सांसदद्वारा माग गरिएको छ भने स्वास्थ्य मन्त्रालयलाई आवश्यक सामग्री सहित प्रतिरोधात्मक क्षमताका लागि खोप अभियानहरू अझ तीव्र पार्न आग्रह गरेका छन।

कुवेतमा गत केहि दिनयता संक्रमित र मृतकको संख्या बढ्दै गएको र सोही क्रम जारी रहे स्थिति भयाबह हुने बताउदै पुन कर्फ्यु अर्थात् लकडाउन लगाउनू पर्ने कुवेत टाइम्सले लेखेको छ ।

उच्च-स्तरीय सरकारी स्रोतका अनुसार सम्पूर्ण नागरिकले यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने बताएका छन्। कोरोना खोप लगाएपछि पनि मास्क लगाउन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कसैले बिर्सन नहुने समेत सुझाव दिएका छन।

स्वास्थ्य मन्त्री डा. बासिल अल-सबाको आदेश र अनुगमन अन्तर्गत स्वास्थ्य अधिकारीहरूले अर्को बिहीबार एक विस्तृत प्रतिवेदन पेश गर्ने छन, जसमा देशको स्वास्थ्य स्थिति र प्रस्तावित समाधानहरुलाई हेरी आंशिक कर्फ्यू, वा लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने जनाएका छन।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...