Thursday 19th March 2026

कुवेतमा कोरोनाविरूद्धको खोप लगाउनेको संख्या २३ लाख भन्दा बढी


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको ७ महीनामा २३ लाख ७५ हजार ४५५ जना भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन

२३ लाख भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्लाह अल सनादले बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ ।

डा. सनदले सबै मेडिकल, टेक्निकल र स्वैच्छिक टोलीका साथै सबै राज्य निकायहरूले गरेको सहयोगको प्रशंसा गर्दै उनले भने लक्षित क्षेत्रहरुलाई सेवा प्रदान निरन्तर दिने र सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन र कोभिड-१९ को खोपका लागि दर्ता गर्न आग्रह गरे। डा। सनदले राम्रो परिणामका साथ यस महामारीबाट बाच्नको लागी खोप आवश्यक रहेको जनताले बुझी सकेको जनाएका छन।

कुवेतमा दैनिकरूपमा करिव १० हजार भन्दा बढ़ीले खोप लगाइरहेका छन। खोप लगाएकाहरूमध्ये कुवेती नागरिक र आप्रवासी नागरिक रहेका छन। कुवेतले कोरोनाविरुद्धको खोप आप्रवासीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोप लगाएपछी तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रणमा सहज हुने कुवेतस्थित स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

कुवेत स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म झण्डै ८० प्रतिशतले खोप लगाई सकेको र २०२१ को अन्तिम सम्ममा कुवेतवासी सबैले खोप लगाईसक्ने बताएको छ।

यसैबीच कुवेतमा हिजो सोमवारको दिन कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १९७७ रहेको र सोमवार सम्म ३ लाख ६५ हजार ६४९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये ३ लाख ४५ हजार १०६ जना उपचारपछि निको भई घर फर्किएका छन् भने २ हजार २९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अहिले कुवेत सरकारले ३६ वटा शाखाद्वारा खोप वितरण गरीरहेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...