Tuesday 31st March 2026

उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता सम्पन्न


तीतोपाती डटकम-समाचारदाता-बोस्टन,अमेरिका-एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता ‘मृत्युपछि बाँच्नेहरू’ प्रथम भएको छ । ३७ जना प्रतियोगीको कवितालाई उछिन्दै अधिकारीको कविता सर्वोत्कृष्ट भएको हो।

यसैगरी पदमा लिंखा मगरको ‘नदीको रूप’ कविताले द्वितीय पुरस्कार प्राप्त गरेको छ भने युवराज भण्डारीको ‘जुनकिरीहरु’ कविता तृतीय भएको छ । पुरस्कृत कविहरूलाई क्रमशः३००, २०० र १०० अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा उत्कृष्ट दशमा परेका कविहरू पूर्ण विश्व, कोमल भट्ट, किशनसिंह धामी, लालप्रसाद चौलागाईं, सुशील नेपाल र हरिलाल शर्माले पनि कविता वाचन गरेका थिए।

वरिष्ठ साहित्यकार अशेष मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेसास बोर्ड परिषद सभापति गीता खत्री र एएनए अध्यक्ष विजयराज भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा , एएनएका महासचिव डा. चूडामणि खनाल, अनेसासका महासचिव सर्वज्ञ वाग्ले, एएनएका कोषाध्यक्ष डा. उषा शर्मा र एएनएका सदस्य कृष्ण कुशुमले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, मोहन सिटौला, मधु माधुर्य, निलम कार्की निहारिका, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, राम लामा अविनाशी, विमला निरौला, कृष्ण गिरी, शतिश त्रिपाठी, केशवराज ज्ञवाली, केडी भण्डारी, विराज विकल, डा. चूडामणि खनाल, डा. उषा शर्मालगायतले कविता वाचन गरेका थिए ।

शैलेश पोखरेलको प्रविधि संयोजनमा बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको उक्त कविता प्रतियोगिताको निर्णायकमा मधु माधुर्य, निलम कार्की निहारिका र सुदीपभद्र खनाल रहेका थिए । प्रतियोगिताको संयोजन गोवर्द्धन पूजाले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...