Tuesday 24th March 2026

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २९ जनाको मृत्यु


तीतोपाटी – फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ।

राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य विमान दुर्घटनामा परेको बताइएको छ । अवतरणको क्रममा उक्त विमानले धावन मार्ग छोड्दा दुर्घटना ग्रस्त बनेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । विमान दुर्घटना पछि त्यस वरपरको अाकासमा धुवाँको कालो मुस्लो देखएको थियो ।

दुर्घटनामा ५० सैनिक घाइते भएका छन् । उक्त विमान फिलिपिन्सको सैनिकका लागि बन्दोबस्तीको सामान र प्राकृतिक विपत्तिमा राहतको सामग्री बोक्दै आएको बताइएको छ । उक्त विमानमा धेरै जसो भरखर सैन्य तालिम पुरा गरेका सैनिकहरू भएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...