Monday 29th December 2025

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २९ जनाको मृत्यु


तीतोपाटी – फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ।

राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य विमान दुर्घटनामा परेको बताइएको छ । अवतरणको क्रममा उक्त विमानले धावन मार्ग छोड्दा दुर्घटना ग्रस्त बनेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । विमान दुर्घटना पछि त्यस वरपरको अाकासमा धुवाँको कालो मुस्लो देखएको थियो ।

दुर्घटनामा ५० सैनिक घाइते भएका छन् । उक्त विमान फिलिपिन्सको सैनिकका लागि बन्दोबस्तीको सामान र प्राकृतिक विपत्तिमा राहतको सामग्री बोक्दै आएको बताइएको छ । उक्त विमानमा धेरै जसो भरखर सैन्य तालिम पुरा गरेका सैनिकहरू भएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...