Tuesday 9th September 2025

यूएईमा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको एनआरएनएद्वारा उद्दार



तितोपाटी- नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरेर उसले धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् ।

तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो ।

अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन् । सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको । सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन् ।उनको उद्धारका लागि पहल सुरु गरिए । गैरआवासीय नेपाली संघ यूएईमार्फत गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमको टिमले पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यतिबेला निकै कठिन थियो ।

अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । त्यसैले उनलाई गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो ।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दुतावाससँगको समन्वयमा आमा तथा बच्चाहरुको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरु पुरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ । निज आमा तथा बच्चाहरुलाई काठमाण्डौमा संघको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकहरुले आवश्यक सहजीकरण तथा सहयोग गरेका थिए ।

साभार- खसोखासबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...