Saturday 20th June 2026

सन २०२० मा कुवेतमा ७६,४९१ जना बिरुद्द यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मुद्दा


हरी कृष्ण न्यौपाने- कुवेतको कानुन मन्त्रालयले सन २०२० भरीमा कुवेतमा ७६,४९१ जना बिरुद्द यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मुद्दा जारी गएको छ । यसरी यात्रा प्रतिबन्ध गरिनेमा कुवेती नागरिक र आप्रबासीहरु रहेका छन् ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कुवेतको गभर्नरेट अनुसार हेर्ने हो भने हवाली गभर्नरेटबाट ९,५४४, फर्वानिया गभर्नरेटबाट ८,०३८, अहमदी गभर्नरेटबाट ७,९८४ तथा मुबारक अलकबिरबाट २,२२७ जना बिरुद्द यात्रा प्रतिबन्ध मुद्दा जारी गरिएको थियो । त्यस्तै कुवेत अन्तराष्ट्रिय विमानस्थलबाट ३६,७९१ जना बिरुद्द यात्रा प्रतिबन्ध मुद्दा जारी गरिएको थियो।

यात्रा प्रतिबन्ध मुद्दा किन लाग्छ?

धेरै जनालाई यात्रा प्रतिबन्ध(ट्राभल ब्यान) किन लाग्छ भन्ने कुरा थाहा नभएको हुन सक्छ।बिशेष गरी कुनै पनि बैक, इन्टर्नेट प्रोभाइडर कम्पनी, मोबाइल इन्सल्मेन्ट तथा कुनै पनि संस्थाबाट उधारो वा समान लिएर तिर्न बाँकी रहेका ब्यक्तीहरु, ब्यक्ती गत रिण लिएका तथा किस्ता बाँकी रहेका ब्यक्तिहरु जो बिरुद्द कानुनी निकायमा मुद्दा दर्ता भई सकेका छन उनिहरु सबैलाई यात्रा प्रतिबन्ध लाग्नेछ। कानुनी रुपमा मुद्दा परिरहेका र मुद्दा फैसला हुन बाँकी ब्यक्तीहरु, कम्पनी वा स्पोन्सरबाट भागेर चोरी वा अन्य जघन्य मुद्दा दर्ता गरिएका ब्यक्तिहरु, झै-झगडामा संलग्न भई मुद्दा दर्ता भएका ब्यक्तिहरु तथा कुवेतको कानुनले बर्जित काम गरेर फरार भइ “मस्ट वान्टेट” लिष्टमा परेका ब्यक्तिहरु पनि ट्राभल ब्यानमा पर्दछन।

तपाईं पनि कुवेतको कानुनले बर्जित गरेका कामहरु नगर्नु होला र आफ्नो स्पोन्सर वा कम्पनीबाट भागेर काम नगर्नु होला।यदी कार्यस्थल वा कम्पनी वा स्पोन्सर संग कुनै समस्या परेमा काम नछोडदै नेपाली दुताबास वा कुवेतको श्रमिक सम्बन्धी काम गर्ने निकाय”लेबर कोर्ट-सुन)मा गुनासो वा उजुरी दर्ता गर्न सक्नुहुने छ भने कानुनी निकायको सहयोगमा समस्या समाधान गर्न सक्नु हुनेछ।

साथै आफु बिरुद्द यात्रा प्रतिबन्ध छ कि छैन? छ भने के र कस्तो मुद्दा परेको छ भन्ने जान्नको लागि आफ्नो सिभिल आईडीको कपी(नम्बर)बाट सम्बन्धित गभर्नेटको MOI अफिस वा कुवेत एयर्पोर्टमा रहेको MOI काउन्टरमा बुझ्न सकिने छ भने आफू बिरुद्दको मुद्दा क्लियर गरे पछी यात्रा प्रतिबन्ध फुकुवा हुनेछ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...