Wednesday 1st April 2026

“अनेसास बालतारा” सुरु


तीतोपाटी डटकम-समाचारदाता,बोस्टन,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि “अनेसास बालतारा” कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना वाचन गरेका छन्।

कार्यक्रममा गतवर्ष बालकविता प्रतियोगितामा पुरस्कृत विवेक खरेललाई दुईसय अमेरिकी डलर नगदसहितको पुरस्कार अर्पण गरिएको छ । पुरस्कारलाई अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्माले प्रायोजन गरेका हुन् ।
कार्यक्रममा विवेक खरेल, कला न्यौपाने, रोजी गौतम, आभास अर्याल, ऐश्वर्या निरौलालगायतका भाइबहिनीले सहभागिता जनाए भने अतिथि साहित्यकारका रुपमा साहित्यकार ललिता दोषीले आफ्ना रचना सुनाइन् ।

अनेसासको अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्डअफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा, अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव विमला निरौलाले कार्यक्रममा मन्तव्य राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...