Saturday 24th January 2026

कुवेतमा बिल्डिङबाट खसेर भोजपुरका प्रशन राइको मृत्‍यु


हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्‍यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु बस्ने कम्पनीकै बिल्डिङबाट खसेर मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको छ।” मृतक राइ किचन हेल्परको रुपमा काम गर्दै आएको जानकारी आएको छ। सिलवालले थपे” कम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृया शुरु भएको छ भने सम्बन्धित निकायले मृत्‍युको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...