Friday 20th March 2026

राष्ट्र र जनताको भलो कसरी र कहिले होला ?


बि. आर. उप्रेती/बारा, नेपाल – नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि कालखण्डमा जनताहरु (खास गरेर गरिब, सोझासिधा)ले कुन चाहीं शासन अवधिमा के कस्ता उल्लेखनिय राहत पाए त ? जनताहरुले राज्यबाट के सुविधा पाएर खुशी भए त? इ यस्ता कुरा त छर्लङ्ग छ नी।

बहुदलिय शासन प्रणाली स्थापना भएपछि विभिन्न राजनीतिक दलहरू खडा भए । ती दलहरूका अगुवा भएर धेरै नेताहरू देखा परेका छन् । ती राजनीतिक दलका नेताहरूले भ्रष्टाचारमा सून्य सहनसिलता अपनाउँछौं भन्थे खोइ त भ्रष्टाचार रोकिएको ? नेपाल कृषिप्रधान देश भएकोले कृषकको हित हुने काम गर्छौं, मजदुरहरुलाई सहुलियत सुविधा हुने काम गर्छौं, विद्यार्थीहरुलाई सहुलियतकासाथ शिक्षा दीक्षा दिलाउँछौ भन्थे । युवाशक्तिलाई आफ्नै देश निर्माणका लागि अत्यावश्यक हुने भएकोले वैदेशिक रोजगारमा नपठाई आफ्नै देशमा सकेसम्मको रोजगारको उचित व्यवस्था गर्छौं भनि अघि देखा परेका अगुवा राजनीतिक दलहरुले कसरी समय बिताई रहेकाछन् त ? खोइ त चुनावी भाषणमा बोलेका कुराहरू पुरा गरेको ?

पटकपटक पार्टी भित्र झैझगडा, पार्टी फुटाउने र जोड्ने सबै पार्टीहरुलाई चाहिएको छ ।सत्ता अनि सत्ता शासनमा बसेर राष्ट्रको डाडु पन्यौ हातमा लिने र मोजमस्ती शुरु गर्ने एउटा राजनीतिक पार्टीले यस्तो गरेको देखेपछि अर्को पार्टी भुतुक्कै हुन्छ । यसरी राजनैतिक खेल खेल्दा खेल्दै उसले पनि डाडु पन्यौ पाउँछ त्यसपछी त के चाहियो र शासनसत्ता आफ्नो हातमा भएपछि त भाईभतिजा, भाञ्जाभाञ्जी, सालासाली, ससुराली र मावली परेकाहरु र मितेरी साइनो परेका समेतका आफ्ना आफन्तहरु मालामाल हुने दिन खुले । आफ्ना मन परेका कार्यकर्ताहरु पनि सप्रिने नै भए । यसरी यी सबै राजनैतिक दलहरूले पालो पुर्याई सकेकाछन् । यस्ता भ्रष्टाचारका क्रियाकलाप माथि देखि तलसम्म भएको अख्तियारवालाहरुले देखाई रहेकाछन् । राजनैतिक दलका अगुवा भनाउँदाहरुको यस्तै चालामालाले निरन्तरताले पाउने हो भने कसरी र कहिले भलो होला जनताको भलो?


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...