Thursday 3rd July 2025

अक्सिजन सिलिन्डर सहयोग जुटाउन कस्सियो मोरङसुनसरी सेवा समाज कुवेत


तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो।

झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित अभियान सञ्चालन गरेको छ।

सहयोगका लागि अपिल गर्दै संस्थाले भनेको छ‘कोभिडको दोस्रो लहरको महामारीले हाम्रो गृह जिल्ला पनि आक्रान्त बन्दै गइरहेकाले जिल्लावासीहरुमा त्रास उत्पन्न भएको छ भने अक्सिजन र औषधीजन्य अभाव देखिएको छ । यस अवस्थामा मोरङसुनसरी सेवा समाज कुवेतको ध्यानाकर्षण भई आर्थिक सहयोग संकलन अभियान संचालन गरेको हो ।

मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले बताएका छन।

अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन। सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

अरुण लिम्बू-५५४५४८१८
उपेन क्षेत्री-६७०१००६८
दिलकुमार पाख्रीन- ९७५५७३१३


सम्बन्धित शीर्षकहरु

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो…

प्रतिकृयाहरू
...