Sunday 21st December 2025

इन्धनको मूल्य फेरि बढ्यो -पेट्रोल प्रतिलिटर १२५ पुग्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।  निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य  प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो ।निषेधाज्ञा सुरु भएपछि निगमतले दुई पटक इन्धनको मूल्य बढाएको हो। यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायको भनाइ छ। बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा आईओसीबाट प्राप्त मूल्य सूची अनुसार निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निषेधाज्ञाको समयमा विक्री परिणामलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । अन्य सामान्य अवस्थाको हिसाब गर्दा निगमलाई ९३ करोड घाटा रहेको उनले बताए । निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम जारी रहँदा इन्धनको मूल्य अझ बढ्ने निगमले जनाएको छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...