Thursday 28th March 2024

दर्जन बढि कृतिका लेखक पुष्कर ‘अथक’ रेग्मी को हुन ?


नारायण कोइराला – “प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर ‘अथक’ रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको ‘अथक’ को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क कलम चलाउने अथकका सिर्जनाहरूमा शोध खोज सोंच र अठोटका नवीनतम् प्रयोगहरू पाईने भएकोले अथक अरू भन्दा पृथक साहित्यकारको रूपमा प्रतिष्ठापित भइसकेका छन् ।”

पाल्पा तानसेन मेहल्धारा निवासी पिता बद्री प्रसाद रेग्मी र माता राधा देवी रेग्मीका जेष्ठ सुपुत्र पुष्कर रेग्मीको जन्म बि. सं. २०२६ साल असार ७ गते भएको हो । प. प. न. मा बि. तानसेनबाट एस.एल.सी., त्रिभुवन क्याम्पस पाल्पाबाट स्नातक र त्रि. वि. कीर्तिपुरबाट शिक्षा स्नातकोत्तर गरेका उनले तानसेन बहुमुखी क्याम्पस र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापन गर्दै आएका छन । उनी तानसेन बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको दायित्व समेत बहन गरिरहेकाछन् ।

मानव अधिकार तथा शान्ति समाज पाल्पाको पूर्व अध्यक्ष, नेपाल नागरिक समाज पाल्पाका संस्थापक सचिव र पूर्व अध्यक्ष रहेका उनले आफ्नो कार्यकालमा दुवै संस्थालाई राष्ट्रिय पुरस्कार प्राप्त गर्ने जिल्ला बनाएका थिए । नेपाल स्काउट पाल्पाको सचिव र जिल्ला आयुक्त भइसकेका , नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनका सभापति र जिल्ला शाखा पाल्पाका उप कोषाध्यक्ष समेत रहेका रेग्मीले मानव अधिकार र सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

दस बर्षको उमेरमा कक्षा चार पढदा देखि नै कविता लेख्न लागेका उनका चौध वटा कृति प्रकाशित भईसकेका छन् । उनी शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाका संस्थापक अध्यक्ष र पाल्पा साहित्य समाजको संस्थापक सदस्य सचिव हुँदै हाल अध्यक्ष रहेका छन् । यिनकै अध्यक्षकालमा पाल्पा साहित्य समाजले रजत महोत्सव मनायो । यिनकै सक्रियतामा दुवै संस्थामा विभिन्न साहित्यिक पुरस्कारहरूका लागि अक्षयकोष स्थापना भएका छन् । यिनले संस्थालाई आर्थिक रूपले समेत मजवुत वनाउदै लगेका छन ।

गीति उपन्यास अफसोच अथकको पहिलो प्रकाशित उपन्यास हो । केही गीत र कथाहरूको समिश्रण गरि लेखिएकोले उनले गीति उपन्यास नाम दिएका हुन । यो उनको नौलो प्रस्तुती हो । यो उपन्यान संभवत नेपाली साहित्यको पहिलो गीति उपन्यास हो । उनले अरू आधा दर्जन गीति उपन्यास लेखेका छन र ती सबै पाण्डुलिपीमै छन् । उनका लघुकथा संग्रह अठार, कलेज स्तरको पुस्तक अनुसन्धान सिद्धान्त र अनुसन्धान अवलोकन कृति प्रकाशित भएका छन् । गजल संग्रहहरू अन्तत, कविता संगह अन्तराल र नाटक संगह अमर पात्र प्रकाशित भएका छन् । यसका साथै पाल्पाली आदिकवि छविलाल नेपाल, साहित्यकार शुभ श्रेष्ठ, समाजसेवी आमा राधा भारतीको जीवनी पुस्तक पकाशित गरेका छन् । अर्को महत्त्वपूर्ण कृति अमृताञ्जली भित्र १५ जना अग्रज अमर स्रष्टाहरूको जीवनी प्रकाशित गरेका छन् । साहित्यकार देवेन्द्रराज शाक्यको जीबनी व्यक्तित्व र कृतित्व सम्बन्धि पुस्तक प्रेशमा रहेको छ ।

बाल साहित्यको क्षेत्रमा समेत अथकले कलम चलाएका र पुस्तक प्रकाशन गरेका छन । सचित्र बहरबद्ध बाल गजल संगह अनुरोध संभवत चित्र र गजलसूत्रहरू संयोजन भएका पहिलो बहरबद्ध बाल गजल संगह हो । उनको पहिलो बाल गेडी संगह संगह अक्षता, बाल लघुकथा संगह अलग बाटो प्रकाशित भएको छ भने अझै पनि दुईवटा संगह बाल सुसेली संगह र ऐतिहासिक बाल कथा संगह प्रेशमा गएका छन् भने बाल बोध संग्रह प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।

पाल्पा टाइम्स, परेवा र नवजनचेतना दैनिक लगायतका स्थानीय पत्रिकामा उनका करीब तीनसय जति लेख रचना समीक्षा प्रकाशित भएका छन भने जिल्ला देखि राष्ट्रिय स्तरसम्मका पत्र पत्रिका संगालोहरूमा विविध लेख रचनाहरू प्रकाशित भएका छन् । साइनो गजल र मुक्तक विधामा उनका संयुक्त कृति प्रकाशित भएका छन् । सामाजिक संजालहरू र युटुव च्यानलहरूमा समेत उनका कविता, कथा र लेख-रचनाहरू प्रकाशित हुँदै आएका छन् । उनले तानसेन बहुमुखी क्याम्पसको त्रैमासिक बुलेटिन बिगत आठ वर्ष देखि सम्पादन गर्दै आएका छन भने विभिन्न संगालोहरू सम्पादन गरेका छन । उनी पत्रकार पनि हुन र प्रेश युनियन पाल्पाका उपसभापति, श्रवजीवीका सम्पादक र सेरोफेरो न्युज डट कमका लेख सम्पादक समेत रहेका छन् ।

पाल्पा, रूपन्देही, बागलुङ र काठमाडौंका साहित्यिक संस्थाहरू द्वारा सम्मानित एवं पुरस्कृत अथकले साहित्य, शिक्षा र समाजसेवाका लागि करिव दुई दर्जन सम्मान प्राप्त गरिसकेका छन । यिनले बि. संं. २०७० सालमा शिक्षाविदको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार पाप्त गरेका थिए ।
शिक्षा, समाजसेवा र साहित्यको क्षेत्रमा कर्म गर्दै अमएका अथकले नेपाली साहित्यको चारै वटा विधामा सशक्त कलम चलाउनुका साथै प्रकाशन समेत गरेका छन् । आख्यान विधाका उनी लघकथाकार र उपन्यासकार हुन भने कविता विधामा कवि, बाल गेडीकार, गजलकार र मुक्तककार हुन् । ऐतिहासिक नाटक संगह र केही फुटकर नाटक लेखेका यिनी नाटककार समेत हुन भने जीवनीपरक निबन्ध र समीक्षा लेखेका यिनी निबन्ध,प्रबन्धकार एवं समीक्षक समेत हुन । यिनले विभिन्र व्यक्तित्वहरूका कृतिहरूको साहित्यिक समीक्षा समेत गर्दै, लेख्दै र पत्रपत्रिकामा प्रकाशित गर्दै आएका छन।

यसरी बिभिन्न कृति प्रकाशित गरि, फुटकर सिर्जना पकाशित गरि साहित्य संस्था मार्फत साहित्यका गतिविधिहरू संचालन गर्दै आएका पुष्कर अथक रेग्मी आफ्नो कर्ममा पनि साच्चै अथक रहेका छन । उनको व्यक्तित्व कृतित्व र साहित्यिक योगदानका बारेमा चर्चा परिचर्चा हुँदै गर्लान । अन्तमा भन्नु्पर्दा अथक नेपाली साहित्यको विविध विधामा कलम चलाई दर्जनौं भन्दा बढी कृति प्रकाशित गर्ने पृथकशैलीका साहित्यकार हुन् । साहित्यकार अथक कहिल्यै नथाकुन् । शुभकामना।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...