Saturday 24th January 2026

मलेसियामा भ्यान दुर्घटना : एक नेपालीको घटनास्थलमै मृत्यु, नौ जना नेपाली गम्भीर घाइते


तितोपाटी- मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबाहरूमा भएको हो । सो दुर्घटना बुधवार विहान पौने ८ बजे आसपास भएको जनाइएको छ ।

दुर्घटनामा परी भ्यान चालक तथा एक नेपालीको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । सो भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । घाइतेहरूलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ ।दुर्घटनामा परेको नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिइरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । हाल घाइते नेपालीको उपचार भइरहेको र थप उपचारका लागि पहल गरिरहेको दूतावासले जनाएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...