Friday 20th March 2026

रामहरि शर्माका ११ झर


झरना: “झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१. धान काटियो आज एक खला
अवरूद्व भयो किन किसानको गला ।।

२. धान जति सबै तल्सिङ्गले लग्यो
किसानलाई बिचरा दुःख मात्र भयो ।।

३. किसानले सधैं नङ्ग्रा खियानु पर्ने
भकारी आज किन हो अर्कैले भर्ने ।।

४. आफ्नो नहुँदा आज यति सम्म भयो
मोतिका दाना पसिना सरि खेर गयो ।।

५. नगरि खाने ठाउँ छ, नत जाने ठाउँ
कसैले लिदैन यहाँ किसानको नाउँ ।।

६. किससानले उत्पादन गरेकोले पेट भर्ने
किसानलाई कसैले किन सहयोग नगर्ने ।

७ . किसानलाई चिन्ताछ, छ सुख्खा खडेरीको
न गर्ने ठाउँ न बस्ने बास चिन्ता घडेरीको ।

८. किसान र उपभोक्ताको दूरी टाढा भो
बिचमै छ रहस्य त्यसैले मूल्य वृद्वि भो ।

९. बाबु बाजेले जोडेको सम्पत्ति बेच्दैछन् छोरा नाति
किन्दैछन् भटभटे धुम्नलाई दम्पती ।

१०. जन्मे पछि मर्न पर्ने सबैलाई थाहा छ
निती नियम उलङ्घन हुँदै ऐले गा छ ।

११. संसारमा मान्छे मर्दा मान्छे सरी नियम मर्न थाल्यो
आफूले आफ्नै निधारमा पोत्न थाले कालो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...