Thursday 19th March 2026

एनआरएन अमेरिकाः न्यु ह्याम्प्सायरका नेपालीले भने, नाम जस्तै उम्मेदवार बुद्धिसागर


संवाददाता, न्यु ह्याम्प्सायर, अमेरिका – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका क्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी नेतृत्व टिमले न्युह्याम्प्सायरमा ठूलो हौसला पाएको छ । सानो राज्य र थोरै मतदाता भएको ठाउँ भएको भन्दै अरु उम्मेदवार नपुगको यो राज्यलाई सुवेदीले प्राथमिकता दिएर जमघट गरी त्यहाँका नेपाली समुदायलाई भेटेका छन् । एनआरएन एनसिसी बोर्ड मेम्बर छत्रकुमारी गुरुङले सबै उम्मेदवारलाई स्वागत गर्दै विजयको शुभकाना दिइन् । उनले भनिन्, ‘हाम्रो जति उपस्थिति छ, यो भव्य छ, सभ्य छ, तपाईंहरुलाई विजयको शुभकामना ।’

गुरुङले टाढाटाढाबाट पनि बुद्धिसागर सुवेदी लगायत उम्मेदवारको भेटघाटका लागि आइपुगेको जानकारी दिइन् । उनकै भनाइमा स्थानीय संस्थाका अग्रजहरु, समाजसेवीहरु जमघटमा उपस्थिति रह्यो ।

अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदीले आफू सानैदेखि समाजसेवामा लाग्दै आएको सुनाए । स्वयंसेवा गर्ने उद्देश्यले नै आफूले समय, साधन स्रोत उपलब्ध गराउने विश्वाससहित उम्मेदवारी दिएको बताए । ‘भोलिको दिनमा यो संस्थालाई सबैको संस्था बनाउने भिजन पनि मसँग छ,’ उनले भने, ‘च्याप्टरमा हुँदा काम गरेर अनुभव हाँसिल गरिसकेको छु । तपाईंहरुकै समस्याका आधारमा मैले एजेन्डा बनाउनुपर्छ, त्यो म बनाउँछु ।’ धरातलीय समस्या बुझेर योजना बनाउनुपर्ने उनको भनाइ थियो । ‘च्याप्टर अध्यक्षहरुसँग समन्वय गरेर काम गर्नेछु,’ उनले भने ।

नेपाल सरकारसँग लबिङका लागि महिनौं महिना खर्च गर्नुपरे पनि आफूले त्यो समय दिन तयार रहेको सुवेदीले बताए । उनले नेपालको नागरिक भइसकेको पुस्ताको नागरिकताले निरन्तरताको लबिङ जरुरी भएको औंल्याए । दोस्रो पुस्ताबाट मात्रै गैरआवासीय नेपाली नागरिकता लागु गरिनुपर्ने उनको भनाइ छ ।

स्थानीय छत्रकुमारीले न्युहेम्सायर च्याप्टरले सर्वसम्मतमा रुपमा महिला कोअर्डिनेटरको उम्मेदवारमा सुन्दरी गुरुङलाई पठाएको जानकारी गराइन् । बोर्ड अफ डाइरेक्टरका उम्मेदवार उत्तम शर्माले बुद्धिसागर नामजस्तै बुद्धिका सागर भएको बताए । ‘संसारका जुनसुकै ठाउँमा भए आफ्ना आमाबाबाको स्याहारको योजना हाम्रो योजना र एजेन्डा छ, यसलाई हाम्रो टिमले काम गर्नेछ,’ उनले भने ।

बोर्ड अफ डिरेक्टरका प्रत्यासी प्रदीप पौडेलले एनआरएनमा नयाँ पुस्ता आकर्षण गरिनुपर्ने खाँचो औंल्याए । बोर्ड अफ डिरेक्टरकै अर्का प्रत्यासी मीन खड्काले आफूसहित बुद्धिसागर सुवेदी नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । स्थानीय सुष्मी लामाले नयाँ पुस्ता र नयाँ भिजनसहित अगाडि बढ्न सुझाव दिइन् ।

बोर्ड अफ डिरेक्टरका प्रत्यासी चन्द्रदेव मण्डलले कमाण्डर राम्रो भएपछि सबैथोक राम्रो हुने भन्दै बुद्धिसागर सुवेदीलाई मतदान गर्न आग्रह गरे । उनले आफूलाई पनि मतको अनुरोध गरे ।
बोर्ड अफ डिरेक्टरका प्रत्यासी विराज भण्डारीले बुद्धिसागर जस्ता व्यक्तित्वबाट युवाहरुले सिक्नुपर्ने बताए । महिला कोअर्डिनेटरकी उम्मेदवार सुन्दरी गुरुङले सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।

आइसिसी मेम्बर उम्मेदवार सुरेन्द्रप्रकाश मल्लले बुद्धिसागर सुवेदीकै साथमा काम गर्न हिँडिरहेका सबैलाई मत प्राप्त हुने विश्वास व्यक्त गरे । उपाध्यक्ष उम्मेदवार गोपेन्द्र भट्टराईले उत्तरदायी र समावेशी संस्था बनाउनुपर्नेमा जोड दिए । युवा, महिला र व्यावसायिक क्षेत्रमा स्थापितहरुलाई समेट्नुपर्ने उनले बताए । बोर्ड अफ डिरेक्टरका प्रत्यासी सन्तोष पहारी र बोर्ड अफ डिरेक्टरका प्रत्यासी सरोज सिग्देल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

त्यसै गरी न्यु ह्याम्प्सायरका चर्चित समाजसेवी तथा तमु समाजका उपाध्यक्ष हितमान गुरुङ, एनएचएनसीका अध्यक्ष सोम गुरुङ, किरात राई अर्गनाइजेसन न्युइंगल्यान्डका सचिव शेखर राईसहितले मन्तव्य राखे ।

पूर्वएनआरएन अमेरिका अध्यक्ष शिवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा न्यु ह्याम्प्सायर च्याप्टर अध्यक्ष डम्बर कडरियाले धन्यवाद ज्ञापन गरेका थिए । एनआरएन एनसिसी भाषा तथा साहित्य सल्लाहकार ईश्वरी मल्ल, एनआरएन एनसिसी संमक्षक डा रुद्र अर्याल विशेष अतिथि रहेको कार्यक्रममा युवाहरु सुस्मी लामा, आशीष गुरुङ, असीम गुरुङ र सागर गुरुङले समेत सहभागिता जनाए ।

कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्षहरु उम्मेदवार डिलु पराजुली र सुमन थापा, महिला उपाध्यक्ष क्रान्ति भण्डारी, महासचिव प्रत्यासी अन्जन चौलागाईं, सचिव उम्मेदवार अनुप खनाल, उपाध्यक्ष किशोर रेग्मी, बोर्ड सदस्य उम्मेदवार विराज भण्डारीको मन्तव्य र सहभागिता रह्यो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...