Saturday 27th December 2025

कोरियामै अस्ताए रामेछापका विष्णु श्रेष्ठ


तितोपाटी- रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ ।

मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए । उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डिएको अवस्थामा भेटेका थिए ।

विष्णुलाई झुण्डिएको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ । घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको छ । मृतककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ । श्रेष्ठ विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन)मा परी औषधि खाइरहेका थिए । उनी आफ्नो औषधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।

-न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...