Saturday 24th January 2026

बहराइनद्वारा नेपालसहित एसियाका पाँच देशका यात्रुलाई प्रतिबन्ध


तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो।

कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ। तर, आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पीसीआर रिपोर्ट देखाउनु पर्नेछ। यस्तै, कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ।रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाइ छ। क्वारेन्टाइन वा पीसीआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...