Sunday 22nd February 2026

कुवेत सरकारद्वारा प्रतिबन्धित नेपाल सहित अन्य ४ देशहरुमा सिधा उडान भर्न अनुमती


तितोपाटीविश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ संक्रमण नियन्त्रणका लागि कुवेतसरकारद्वारा पाँच देशमाथीलागूगरिएको प्रतिबन्ध (KIA) मार्फत पुन: लामो समय पछी नियमित उडान भर्न अनुमती दिएको छ।

बिगतमा बढ्दो कोरोना महामारीका कारण कुवेतले यी पाँच देशमा प्रत्यक्ष उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको थियो।  नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) कुवेतले मंगलबार, मे १८ तारिक देखि पाँच प्रतिबन्धित देशहरूभारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंकामा सिधा उडानहरू पुनः सुरु गर्न अनुमोदन गरेको , यद्यपि माथि उल्लेखित देशहरूबाट कुवेत आउनेयात्रीहरूकालागी भने प्रतिबन्धित कायम रहेको छ।

अरबटाईम्स कुवेतका अनुसार यी राष्ट्रका नागरिकहरुको यात्रा सहज पार्न उक्त अनुमोदन जारी गरिएको हो। कुवेतले कोरोनाको तिब्रगतिमा फैलिए संगै यी पाँच देशका उडानमा प्रतिबन्ध लगाएको थियो

भारत, पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेशको यात्रा गर्ने यात्रीहरू केआईएबाट सिधा आफ्नो देशमा यात्रा गर्न सक्ने छन।कुवेतअन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ यी पाँच देशमा एक परिपत्र जारी गरी (केआईए) द्वारा सञ्चालन कुवेत एयरवेज जजीरा एयरवेज लगायत ती देशहरूको एयरलाइन्स कम्पनीले उडान सञ्चालन गर्न अनुमती पाएका छन।

कुवेत सरकारद्वारा उडानमा अनुमती पाए पनी पछिल्लो समय नेपालमा कोरोनाको दोश्रो लहर संगै नेपाल सरकारले भने मध्यपूर्व बाट हुनेउडानहरुलाई आगामी में ३१ सम्मका लागी प्रतिबन्ध लगाएको छ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...