Thursday 19th March 2026

आफ्नो देश र विदेशमा फरकः एक अनुभव


शिव खाती, यूएई – परिस्थिति, मनस्थिति र समयको रफ्तार संगै दुबई आएको पनि बाह्र बर्ष भएछ । त्यो जोस र जागर मनमा ताजै छ कि यो गर्छु,त्यो गर्छु अनि गाउँ र समाजको लागि पनि केही गर्छु भन्ने । परदेश आफैमा न त बरदान हो न त अभिसाप नै बस यो त एउटा कर्म गर्ने ठाउ रहेछ । जति कर्म गर्‍यो तेति नै फल पाउने ।यहाँबाट सिस्टम(पद्दती), अनुसासन र विकास गर्ने तरिका लगायत धेरै कुराहरु सिक्न पनि सकिन्छ । मेहेनत गर्ने र अवसर पाउने नेपालीले यहाँ पनि अति राम्रो गरेका छ्न ।

आखिर पाउनु मात्रै रहेनछ परदेशमा, गुमाउनु पनि त्यत्तिकै रहेछ । बाह्र वर्षमा धेरै आफन्तहरुलाई गुमाउनु पर्दाको पिडा त छ्दै छ ।तर यहाँ भने धेरै विकास भएछ । गगनचुम्बी घरहरुको त के कुरा गरौ पुरै डिजिटल सहर नै बनेछ ।म र मेरो देश जहाँ र जस्तो अवस्थामा थियौ त्यस्तै रहयो।

कमाइको कुरा त के गरौ,कति कमाए अनि कति गुमाए तर मेरो देशलाइ नजिकबाट नियालेर हेर्ने मौका चाइ पाए ।चाहे त्यो ७२ सालको भुकम्प होस, चाहे मधेसको डुवान या पिडामा परेका दिन दुखी,किचलो राजनीति या कोभिड-१९ को कहरमा सुनिएका चीत्कार हुन । यी सबै पीडाले मन भतभती पोल्छ ।अनि सानो सहयोग गर्न मन लाग्छ । म जस्ता लाखौ परदेशी छ्न जस्ले आफ्नो गाँस काटेर पनि सहयोग गर्ने अपेक्षा राख्छ्न । सायद यहि होला देशप्रतिको माया। यहाँका गैरआवासीय संघ सस्था, विभिन्न समुदाय र ब्यक्तित्वहरुले गरेको देश प्रतिको सहयोग सद्भाव देखेर साच्चिकै गर्व महसुस पनि हुन्छ ।

समय र परिस्थिति जस्तो आए पनि त्यसलाइ जितेर अगाडी बढन पाइयोस । देश तथा विदेश यत्रतत्र छिटोभन्दा छिटाे कोरोनाको संकट साम्य होस । आवत जावत सुचारु होस अनि खुशिले घर फर्कन पाइयोस यहि अपेक्षा छ ।

शिव खाती
बाग्लुंग
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...