Thursday 29th October 2026

बिना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको छलफल


सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबार बसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए। त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको हो।छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई  र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् । ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादव पक्षले कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...