Wednesday 23rd September 2026

बिना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको छलफल


सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबार बसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए। त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको हो।छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई  र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् । ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादव पक्षले कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...