Thursday 25th April 2024

इराकको कोभिड अस्पतालमा आगलागी, २३ जनाको मृत्यु


तितोपाटी- इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर २३ जना बिरामीको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ। अस्पतालहरुमा औषधि र शय्याको पनि अभाव छ। उक्त दुर्घटनालगत्तै सामाजिक सञ्‍जालमा तीव्र आक्रोश व्यक्त भएको छ। प्रधानमन्त्रीले आगलागीको कारणका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन्। आगलागी हुँदा उक्त अस्पतालमा कोभिड-१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो। मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए। अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागभाग गरेका दृश्यहरु सामाजिक सञ्‍जालमा पोस्ट गरिएका थिए।

अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो।
अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। तर, कम्तीमा ५० जनालाई आगोले पोलेको छ। इराकमा बुधबार कोभिड-१९ का बिरामीको संख्या १० लाख नाघेको छ। यो अरब मुलुकमै सबैभन्दा बढी हो।
इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन्।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...