Sunday 22nd February 2026

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार


तितोपाटी- परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य भए ।

आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात प¥यो । साथीभाइको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम शुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे ।

उनी स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधिमध्ये तीन महिनासम्म त भूजेल कोमामा पुगेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले रु दुई करोड ५० लाख ९८ लाख (२३ हजार रिहाद)को बिल थमाइदियो । खानबस्नसमेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै भए ।

बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छाड्न नपाउने स्थिति भयो । विभिन्न माध्यमबाट उहाँ नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको सम्पर्कमा आए । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो ।

नेपाली दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो । भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिकरुपमा निकै कमजोर रहेका भूजेलको सहयोगका लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली सङ्घलाई आग्रह गर्‍यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी सङ्घले लिएको सङ्घका प्रेस संयोजक चिरन शर्माले बताए ।

सङ्घको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रमअन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौँमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ सङ्घले आफ्ना स्वयंसेवक परिचालनसमेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीसमेतको व्यवस्था सङ्घले मिलाएको थियो । गैरआवासीय नेपाली सङ्घले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ ।

वैदेशिक रोजगारीका लागि रु एक लाख चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित रु तीन लाख ५० हजार भन्दाबढी नाघिसकेको छ । परिवारसँगको भेटपछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन् । साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली सङ्घलगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

सङ्घका उपाध्यक्ष एवम् वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताए । उनले सङ्घको यस कार्यक्रमअन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म ’कोभिड–१९’का कारणले समस्यामा परेका १७ हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा उद्दारसम्बन्धि सहयोग पु¥याएको जनाए । मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

प्रतिकृयाहरू
...