Thursday 19th March 2026

लुलु हाइपर कुवेतद्वारा विजेताहरूलाई पुरस्कार वितरण


तितोपाटी- कुवेतको प्रमुख क्षेत्रीय खुद्रा विक्रेता लुलू हाइपरमार्केटले गत फेब्रुअरी महीना देखी मार्च १५ सम्म आयोजित गरेको (बिग अफर २०२१ मा ६५ जना भाग्यशाली विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।

विभिन्न देशहरुमा चर्चित मानीने कल्याण ज्वेलर्सको सहयोगमा आयोजित अन्र्तगत भारत र खाडी देशहरुमा कल्याण ज्वेलर्सको गहनाहरू अग्रस्थानमा रहेको छ।

हिजो १० एप्रिलका दिन फर्वनियास्थित लुलु हाइपरमार्केटको क्षेत्रीय कार्यालय परिसरमा आयोजित उक्त पुरस्कार-वितरण समारोहमा, लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरूले भाग लिएका थिए।

संक्रमण नियन्त्रण गर्न पेश गरिएको प्रतिबन्धहरू र हाइपरमार्केटको सबै सुरक्षा नियमहरूको पूर्ण अनुपालनलाई ध्यानमा राख्दै, केवल विजेताहरु र विशेष अथितिहरुले उक्त कार्यक्रममा उपस्थित जनाएका थिए।

बिग अफर २०२१ लक्की ड्र अभियानले निकै आकर्षक पुरस्कार प्रदान गरेको छ। जसमध्य प्रथम पुरस्कार निसान कम्पनीको (गस्ती एसयूवी)कार रहेको छ भने दोस्रो र तेस्रोलाई पुरस्कारका रूपमा निसान (एक्सटेरा एसयूवी) कार रहेको छ। त्यस्तै अन्य ६२ जना विजेतालाई ८ ग्राम सुनको सिक्का सहित कुल विजेता ६५ जनालाई कुवेतको कुनै पनि लुलु हाइपरमार्केट स्थलबाट खरीद गर्नको लागी १० दिनर सहित ग्राहकहरुले राफल ड्र प्रमोशनमा प्रवेश पाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...