Thursday 24th September 2026

केहि उदक -नारायण कोइराला


कोरोना
प्रकोप जारी
न हिँड्नु मनपरी !
१

कोरोना
खोप अभाव
फेरि कस्तो जाँच ?
२

कोरोना
कहर बढ्दै
कसरी जानु घर ?
३

परदेशी
जिन्दगी कस्तो
न यता न उता जस्तो !
४

टिकट
लिऊँ की
नलिऊँ सबै अलमल !
५

बागमती
आयो अवस्था
दुःखीको मनमा व्यथा‌ !
६

गन्तव्य
सुदूरको यात्रा
रोएर रात व्यतित !
७

व्यथा
पीडाको चित्र
विदेशमा हामी अलपत्र !
८

बालबच्चा
हाम्रो पर्खाइमा
रातदिन बित्छ सम्झनामा !
९

बुलबुले
केही नभए
एक परदेशी समस्या !
१०

‘उदक’बारे छोटो जानकारी :
नेपाली साहित्यमा कविताको उपविधाअन्तर्गत लघुत्तम रुप ‘उदक’को बाह्य संरचना अन्तर्गत पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द हुने गर्दछ । ‘उदक’को प्रवर्तक आर्त अकुलीन हुनुहुन्छ ।

त्यस्तै आन्तरिक संरचनामा विषयवस्तु वा भाव र भाषाशैलीय विन्यास (भाषा, शैली, बिम्ब, लय, प्रतिक …) मुख्य रुपमा आएका हुन्छन् । सुन्दर तरिकाले विषयवस्तुको उठान गर्दै उत्कृष्ट तरिकाले भाव उत्कर्षमा पुर्याउन सकेको खण्डमा उदक एक नमुना योग्य बन्न सक्दछ ।

जीवन र जगतका भोगाइका अनुभूतिहरु ‘उदक’मा आउने गर्दछन् । उदकमा समापिका क्रियापदको प्रयोग सकेसम्म कम गर्नु राम्रो देखिन्छ ।
उदाहरण :
/ उदक /
पद्दति
इनारका भ्यागुता
रावणको एकल आधिपत्य !

माथि उल्लेखित उदकमा पहिलो पङ्क्तिमा परिचय, दोस्रो पङ्क्तिमा व्याख्या र तेस्रो पङ्क्तिमा निष्कर्ष दिने काम भएको छ ।

एउटै वाक्यलाई खण्ड – खण्ड गरेर वा व्याकरण विपरित अलग – अलग शब्दलाई जोडेर उदक रचना गर्नु हुँदैन । उदक सिर्जनाका क्रममा एउटै वाक्यलाई भाँचेर अर्थात् टुक्रा पारेर र पृथक शब्दलाई संयोजन गरेर लेख्दा यसको मर्म विपरित हुन जान्छ ।
उदाहरण :
म भात खाएर विद्यालयमा पढ्नलाई जान्छु ।

माथिको वाक्यलाई ३ खण्डमा विभाजन गर्दा :

मभात
खाएर विद्यालयमा
पढ्न लाई जान्छु ।

माथि प्रस्तुत गरिएको ३ खण्डमा विभाजित संरचना उदक भएन ।

तानसेन, पाल्पा
हाल : यूएई


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...