Thursday 8th October 2026

ताइवानमा ३५० यात्रु सवार रेल दुर्घटना, ३६ जनाको मृत्यु


तितोपाटी- ताइवानमा शुक्रबार बिहान भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्।

घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए अनुसार यहाँ उद्दारकार्य जारी छ।

के कारणले रेल दुर्घटना भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ।एजेन्सी


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...