Thursday 19th March 2026

गीत -मिलन अधिकारी


घुम्दै फिर्दै म आको ए कान्छी, चिसो चिसो मौसममा इलाम बजारमा ।
कन्याम डाँडामा देखेको कान्छी, तिमी बस्यौ मेरो नजरमा ।

………………………………….

सुन्तला बोटमा पाकेर पहेंलै, अंगुर चै अझै नि काँचो छ ।
इसारा गरे है कान्छी आँखैले, यो ज्यानलाई तिम्रै खाँचो छ ।

…………………………………..

कान्छीको त्यो मोहनी रुपैमा , यो दिल मेरो भुतुक्कै भैदियो ।
मुसुक्क हाँसेर जानेले , मन मेरो चोरी सँगै लैदियो ।

…………………………….

अन्तुको झीलमा घाम लाग्यो , जाडो छ माइको कुनामा ।
राखिदेउ जुनीभर मलाई थुनेर , तिम्रो त्यो मुटुको थुनामा ।

………………………………..

लान्छु तिमीलाई सिंदुरै भरेर, रमाइलो मेरो सानो गावैंमा ।
काटौंला दिनहरु हाँसेर, भो कसम पाथिभरा नावैंमा ।

मिलन अधिकारी
दोहा कतार


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...