Monday 5th October 2026

कविताः अन्धोमान्छे -श्रीभक्त पौडेल “आफन्त”


आर्तनादबाट छुटेका क्रन्दनहरु माझ
केही सहिष्णुताका बिज उम्रन खोज्छन्
परन्तु , तथाकथित उग्रसामन्तबादका
गिद्धे नजरहरुले डस्न थाल्छन्
कुनै एकादेशको कथा होइन यो,
न कुनै कपोकल्पित कोरा कबिता
सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा
जकडिएको एक पृथक-बादलाई चिर्नु छ ।

त्यसैले त जुर्मुराउन खोज्दैछन्
तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु
आजिवन दासत्वका जिउँदा लाशहरु
जुलुश निकाल्दै छन्
नउदाएका होईनन् लाखौं सुर्य
र पनि अन्धकारमा बाचेका छन्
नजोतिएका होईनन् बान्झा जमिन
र पनि भोकले ग्रसित छन् ।

न पोखिएका हैनन् साहदत्वका खुन यहाँ
किन्तु
कहिल्यै उपनिबेश बादको
हावा नलागेको धर्तिमा
आखिर किन सल्बलाउदै छन् त ?
टुक्रे महाराजाहरु
टुटे फुटेका श्रीपेच जोड्न खोज्दैछ्न्
बादैबादको भारी बोकाएर
राज गर्न खोज्दैछ्न्
अनेक पन्थिहरु
दास्त्वका पूजारीहरु
उत्तर दक्षिण शक्ति पिठ घुम्दै
टुक्राउ अनि राज गर
रूप र रङ्गभेदका होलि मनाउदै।
यो कुनै मनोबाद होईन
यो त्यो कबिता हो
जहाँ भूपिको ‘अन्धोमान्छे’ जिउदै भेटिन्छ्न् ।

श्रीभक्त पौडेल “आफन्त”
रामपुर चितवन
आल्बिर आलिकान्ते
स्पेन
मार्च २१, २०१८


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...