Friday 3rd April 2026

धर्मिला कार्कीको गजल संग्रह – १५


मान्छेहरुले मौरीको मह चोरे पनि ।
के सक्थे र कला चोर्न घारै फोरे पनि।

बिरालो कैल्यै बाघ बन्न सक्दैन हजुर
शत्रुहरुलाई पञ्जाले चिथोरे पनि ।

सहिदको ज्यानको क्षतिपूर्ति हुन्न कहिल्यै
परिवारको मासिक खर्च व्यहोरे पनि ।

भावीले लेखेको भाग्य बदल्न सकिन्न
आफैले हातमा भाग्यरेखा कोरे पनि ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...