Thursday 9th April 2026

कविताः तानातानी – छन्द: स्रग्धरा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺

पाखण्डीले सतायो हरपल भुवनमा साधुमा बज्रपात
खैलाबैला आसाध्यै खलबल जगमा चालमा पक्षपात
सोझासाझा दुखेका कुटपिट गरिए राक्षसी भावबाट
खोलनाला कराए कलकल जगमा सम्झिँदै देवमाता ।१।🌷🙏🌺

दायाँबायाँ डुलेका बखत बखतमा कंसका सूत्रधार
तानातानी असाध्यै गडबड गतिलो राक्षसी सूत्रपात
हेर्दा हेर्दै छकाए छमछम नटुवा नाच्दछन् मध्यरात
जानाजानी बढेको हरदम जगमा बेसरी शोकवाद ।२।🌷🙏🌺

जोरीखोजा बनेका असुर रगतका मातमा सर्वभोगी
दोषग्राही डुलेका वरपर अरुवा तामसी व्यक्तिवादी
सोझासाझा भगाए अजब असुरले देवता शान्तिवादी
दुष्टात्माले सताए खलबल जगमा डुल्दछ्न् पक्षपाती ।३।🌷🙏🌺

सच्चा आत्मा भनेको हतपत नगरौँ यातना जीवहिंसा
सच्चा ज्ञानी बनेका अकपटअसली शारदा ज्ञानदाता
मान्छे भित्रै रहेका सहज सरलता साधना भक्तिभाव
मान्छेमा नै बसेका कुलत कपटका भावना सूत्रधार ।४।🌷🙏🌺

हामी दानी बनौँला सकल भुवनका देउता कर्मवादी
हामी छैनौँ असत्ती असुर कपटका घातकी पक्षपाती
गर्ने छैनौँ अचाक्ली दलबल रमिता बातमा मर्मभेद
हामी आफै बनौँला अनुसरण गरी साधना कर्मवाद ।५।🌷🙏🌺

धन्यवाद ।🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...