Thursday 24th September 2026

सरकारले काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारको लागि १० लाख दिने


सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाको भनाइ छ ।

 


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...