Thursday 29th October 2026

नेपाल समूहको भेलामा मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म


नेकपा एमाले (नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा काठमाडौंमा सुरु भएको छ। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।

मोदनाथ प्रश्रित, कमल कोइराला लगायतका पुराना एमाले नेताहरु पनि नेपाल पक्षको भेलामा सहभागि भएका छन्।सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई अलग गरिदिएपछि माधव नेपाल समूह एमालेमा फर्केको थियो। उनीहरु एमालेमा फर्के लगत्तै केपी शर्मा ओली समूहले अध्यक्ष र महासचिव बहेकको जिम्मेवारी खोसेको थियो।

केपी ओली र माधव नेपाल लगायका नेताहरुबीच एक पटक छलफल भए पनि त्यसले सार्थकता पाएन। ओली र नेपाल समूह दुई अलग बाटोमा रहेका छन्। आजको भेला एमालेको भेला नभएकोले सहभागि नहुन र भेला गरेमा विधान अनुसार कारवाही गर्ने मंगलबार ओली समूहका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर चेतावनी दिएका थिए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...