Sunday 28th December 2025

कुवेतमा कोरोना खोप नलगाएका कामदारको भिसा नवीकरण नहुने


तितोपाटी- कुवेतले कोरोना भाइरसविरुद्धको खोप नलगाएका कामदारसहित विदेशीको भिसा नवीकरण नगर्ने जनाएको छ । आगामी सेप्टेम्बरपछि भिसा नवीकरण गर्ने आप्रवासी कामदारले अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुवेतले कोरोनाविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोपपछि तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रण सहज हुने कुवेत सरकारका अधिकारीहरुले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...