Wednesday 25th March 2026

७ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब माथि


चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।

जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले बृद्धि भएको थियो । गत वर्षको तुलनामा यस वर्षको निर्यात वृद्धिदरमा अधिकतम १६.८ प्रतिशतले संकुचन आएको हो । बैंकका अनुसार सो अवधिमा वैदेशिक व्यापार निर्यात गन्तव्यका आधारमा भारततर्फ १० प्रतिशतले र अन्य मुलुकहरुमा ४.९ प्रतिशले निर्यात वृद्धि भएको छ । तर, यता चीन तर्फ भने यो समयमा ४७.७ प्रतिशतले नै निर्यात घटेको बैंकको भनाई छ ।

यता, आयाततर्फ भने गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा करिब स्थिर जस्तै रहेको बैंकले जनाएको छ । गत वर्ष ३.६ प्रतिशतले आयात घट्दा यस वर्ष ०.०१ प्रतिशतले मात्र वृद्धि भई रु ८०३ अर्ब ६४ करोड सामान आयात भएका छन् । राष्ट्र बैंकको तथ्याङ्कलाई हेर्दा चालू आर्थिक वर्षको ७ महिनाको व्यापार घाटा ७३३ अर्ब ३१ करोड रहेको देखिन्छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...