Wednesday 8th April 2026

कविताः भाषण -आयाम कार्की


यता ! मिठा भाषण छाटेर
जनता भुलाउदैछौ अझै पनि

उता !
मेरो देश
डिभीको लाईनमा उभिएर
पि आर को सपनामा गुँड लगाई
कोरल्दैछ ओथारोमा सन्तानहरु

उडाएर वयस्क युवाहरु
कोरीयामा खोरिया खन्दैछ
जापानका मेट्रोमा निन्द्राले च्यापेर
बिर्सिदैछ गन्तव्य
अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर
हेर्दैछ अनिदो विहान
अरबका खाडीको कुरै नगर
बालुवामा पिल्सिएर साटिदैछन
रेमिटेन्सहरु

भो नगर
रेमिटेन्सले बसाएको यो शहरको वयान
गाउँ रित्याएर बस्दैछन शहरहरु पनि
उर्बर भूमि मासेर बन्दैछन महलहरु
सुन्दर प्रकृतीलाई कुरुप बनाएर
खनिदैछन बाटोहरु

हेर्दैछु
घरैपिच्छे मौलाएका दलालहरुको रमिता
सुघ्दैछु
ब्वाँसाहरुले डकारेका नमिठा गन्ध
बुझ्दैछु
देवल भित्र झाँज हालेका धमिरारुपी
कर्मचारीको राष्ट्र सेवा
भोग्दैछु
भाषा फेरिएर सोच नफेरिएका
राजाहरुको संघीयता

भो! बन्द गर अब भाषण
सिमानाका कुरा उठाउदै नउठाऊ
सिमा मिचिएकै होइन
नदि नाला बेचिएकै छैन
सुस्ता हराएको कहाँ हो र ?
यस्तै बहाना बन्दैछ
लिपु र लिम्पयाधुराका

सक्छौ ?
लिपुलेकमा उभिएर भाषण गर्न
म उभिनेछु तिम्रै अगाडि
घण्टौ सम्म छातीमा मेरो देश बोकेर
म सुन्न चाहन्छु तिम्रो भाषण ।

आयाम कार्की
तानसेन ७ लामडाडा पाल्पा
२०७७/१०/०७


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...