Friday 6th March 2026

नानिमाया सुनुवारका ६ वटा वजनदार मुक्तकहरू


मुक्तक

१)
के भयो भएर हामी काली मनै त हो ।
नभने पनि बेलाबेला जाली मनै‌ त हो ।
रूपमै के लाग्छौ पछि धोका हुन सक्छ
सक्छौ सिउँदो भर्न छ खाली मनै त हो ।

२)
जानिजानी नगर आनाकानी मेरो अगाडि ।
नभन सामुन्ने आई छु दानी मेरो अगाडि ।
आ आफ्नो कर्म अनि भाग्यको फल पाईन्छ
सुधार गर तिमी आफ्नो बानी मेरो अगाडि ।

३)
मनले सोचे जस्तो कहाँ हुन्छ हजुर ।
ममता भन्ने सस्तो कहाँ हुन्छ हजुर ।
दु:ख नै सुख हो विचार गर्नु यति नै
प्रेमिल माया कस्तो कहाँ हुन्छ हजुर ।

४)
मलाई माया जालमा पारी दियौ ।
धेरै माया गर्थेँ माया मारी दियौ ।
धोका दिदैछौ होला सोच्दै सोचिनँ
सत्य मेरो माया किन टारी दियौ ।

५)
कति छन् मनमा गुम्सिएका कुरा ।
सबै पूरा हुन्न वचन दिएका कुरा ।
कुरा एक जाल रचिदिन्छ अनेक
बिर्सन बाध्य आँसु पिएका कुरा ।

६)
कति हेप्छौ हेप अझै सहन तयार छु ।
आफुमा कुशल भन्ने शब्दमा निखार छु ।
मान्छे हुँ म पनि किन भन्छौ मुटु बिजाई
छैन यहाँ शत्रु अरु तिम्रो लागि भार छु ।

✍️नानिमाया सुनुवार,उदयपुर
हाल हरिवन नपा१०,सर्लाही


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...