Sunday 9th November 2025

कविताः मनका कुरा -हिमा सनातन


नसोध्नु होस् म वैरागी भएको
रहस्यमय कुरा,
कसरी दिउँ उत्तर?
जिवनबाटै वितृष्णा जागेको बेला।

मेरा पनि आशाहरु होलान् नि झोलीभरि,
मन छैन र
प्रफुल्लित भएर आफ्नो परिचय दिने?
तर म मात्र पलाँसको फूल……।

भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि,
के मलाई रमाउने रहर थिएन होला र?
तर म शिशिर यामको हिमकणमा फुल्ने
पारिजात जस्तो भएँ।
कठ्याङ्ग्रिंदो निशामय रातमा
मगमगाउँदो वास्ना छर्दा पनि,
बिहानीको उषामय लाली देख्न नपाउँदै
ओइलाएर झर्नु पर्दाको पीडा मसँग छैन र?

भनेकै छु म निरीह छु, बेसहारा छु।
यसैमा दोष खोज्दछन् मानिसहरु
र त म विक्षिप्त हुँदै, भौंतारिन्छु, तड्पन्छु, छट्पटाउँछु….।

जीवन अनौठो अनुभूति भयो
सधै एकनासे दुखाइ अनि पीडा मात्र,
सम्झन्छु जीवन फूल कि काँडा?
दिन कि रात?

-हिमा सनातन


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...